आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

लिभरपुल र सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

दैनिक नेपाल २०७९ वैशाख १ गते ८:०८

काठमाडौं, १ वैशाख । लिभरपुल र म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा स्थान बनाएका छन् ।

गए रातिको खेलमा सिटीले एथलेटिकेसँग गोलरहित बराबरी खेल्यो भने लिभरपुल र बन्फिकाबीचको खेल तीन तीन गोलको बराबरीमा टुंगियो ।

पहिलो लेगमा एक शुन्यको अग्रता लिएको सिटीले समग्रमा एक शुन्यकै जीत हासिल गर्‍यो। यता, बेन्फिकाविरूद्ध लिभरपुल समग्रमा ६-४को जीत निकाल्न सफल रह्‍यो। पहिलो लेगमा लिभरपुल ३-१ ले विजयी थियो ।

सेमिफाइनलमा अब लिभरपुलले भिल्लरियल र सिटीले रियल म्याड्रिडको सामना गर्नेछन् । यसअघि बार्यनलाई हराएर भिल्लरियल र चेल्सीलाई हराएर रियल म्याड्रिडले सेमिफाइनलमा स्थान बनाएका हुन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित