![]()
काठमाडौँ, ३० चैत । वैशाख ३० गते हुने चुनावमा नेकपा(एमाले) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने भएको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्हमा चुनाव लड्ने सहमति भएको जानकारी ट्विटमार्फत् दिएका छन्।
एमाले र राप्रपा नेपालबीच चुनावी सहकार्य गर्न पाँच बुँदे सहमति भएको छ। उक्त सहमतिमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपाका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
















प्रतिक्रिया