
काठमाडौँ, २९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवासहित २ जना पूर्वप्रधानमन्त्रीहरु भारतीय राजदूतावासको रात्री भोजमा सहभागी भएका छन् ।
प्रधानमन्त्री देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दूतावासको भोजमा समावेश भएका हुन् ।
बहालवाला प्रधानमन्त्री देउवासहित राजदूतको विदाइको भोजमा समावेश हुनुले देशको इज्जत मात्रै नभएर आफ्नै पदीय मर्यादाको समेत धज्जी उडेको छ ।
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दूतावासको भोज कार्यक्रमलाई भने बहिष्कार गरेका छन् । भारतीय राजदूत विनयमोहन क्वात्राले एमाले अध्यक्षको हैसियतामा ओलीसँग केही दिनअघि विदाइ भेट गरिसकेका छन् ।
दूतावासको आयोजनामा भएको रात्रीभोजमा बहालवाला प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरु लाइन लागेर जानु लज्जास्पद कुरा हो ।
उनीहरु सत्ता गठबन्धनको बैठक समेत छोडेर भोजमा पुगेका बताइएको छ ।

















प्रतिक्रिया