
काठमाडौँ, २९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र माधवकुमार नेपालको गुट काँग्रेसको झिँगा धपाउने पुच्छर मात्रै भएको टिप्पणी गरेका छन् ।
ललितपुरमा मंगलबार आयोजित नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले माओवादी र माधवकुमार नेपालको पार्टी काँग्रेसको जिउमा बसेका झिँगा धपाउने भएको बताए । ‘माओवादी केन्द्र र माकुने गुट भनेका काँग्रेसका जिउमा बसेका झिँगा धपाउने पुच्छर मात्रै हुन्’, ओलीले भने,‘यस्ताहरू एमाले सिध्याउन हिडेँका ?’















प्रतिक्रिया