
काठमाडौँ, २५ चैत । राप्रपाका नेपालका अध्यक्ष थापाले नेकपा एमालेसँग तालमेल गर्न आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
आगामी स्थानीय तहको निर्वाचनमा थापाले यस्तो आग्रह गरेका हुन् ।
उनले एमालेको चुनाव चिन्ह सूर्य लिएर निर्वाचनमा जान आग्रह गर्दै तालमेलका लागि भनेका हुन् ।
त्यस्तै, उनले एमालेसँग चुनावी तालमेल गरेर अघि बढ्ने प्रारम्भिक कुराकानी भइसकेको समेत जनाए । यद्यपि एमालेले भने यसबारेमा केही पनि बालेको छैन ।
थापाले एमालेसँग तालमेल हुँदा सूर्य चिन्हमै आफ्नो पार्टीले चुनावमा प्रतिस्पर्धा गर्ने आशय व्यक्त गरेका हुन् ।
त्यस्तै, उनले हिन्दु राष्ट्र वा धर्म निरपेक्षतामा जनमत संग्रह गर्न पनि आग्रह गरे ।















प्रतिक्रिया