७ कार्तिक २०८३, शनिबार

परमादेश जारी गराउन भूमिका खेलेका अधिवक्ता ‘बन्दी’ यसरी बने मन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापना र गठबन्धन सरकार बनाउन परमादेश जारी गराउने भूमिका खेलेका अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री बनाएका छन् ।

गैरसांसद बन्दीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीकै सहमतिमा प्रधानमन्त्री देउवाले कानूनमन्त्री बनाएका हुन् ।

देउवाले बन्दीलाई मन्त्री नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनमन्त्री नियुक्त साथै सपथ ग्रहण गराएकी हुन् ।

अधिवक्ता बन्दीले परमादेश सरकार बनाउन र नेपाल बार यशोसियसनको आन्दोलन र बार निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन खेलेको भन्दै मन्त्री बनाइएको बताइएको छ ।

संविधानको धारा ७८ (१) अनुसार, प्रधानमन्त्रीको सिफारिसमा गैरसांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् । तर, यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुने व्यवस्था संविधानमा रहेको छ ।