१२ कार्तिक २०८३, बिहिबार

सम्पर्कविहीन डल्लाकोटी प्रचण्ड निवासबाट सार्वजनिक, माछा खाने प्रचण्डको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासबाट सार्वजनिक भएका छन् ।

मंगलबार बिहान १० बजेदेखि सम्पर्कबिहीन डल्लाकोटी बुधबार बिहान प्रचण्ड निवासमा पुगेर सार्वजनिक भएका हुन ।

वुधबार प्रचण्डको सचिवालयले तस्वीर सार्वजनिक गरेको हो ।

उनले एमाले प्रवेश गरेको २४ घण्टापछि मंगलबार माओवादीमै फर्किएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

प्रचण्डले डल्लाकोटीसँग मलेखुमा बसेर सँगै माछा खाने भन्दै मओवादी नछाड्न अनुरोध गरेका थिए ।

वुधबार बिहानको भेटमा प्रचण्डले चाँडै मलेखुमा भेट हुने बताएका छन ।