
धादिङ, २३ चैत । नेपाली कांग्रेस धादिङमा टिकट छान्ने क्रममा चरम विवाद हुँदा कुटाकुट भएको छ ।
जिल्लामा अधिकांश क्षेत्रमा कुटाकुट एवम् खुकुरी हानाहान समेत भएको छ । मंगलबार राति उम्मेदवार सिफारिसको विवादमा असन्तुष्ट पक्षले कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण गरी नाक फुटाइदिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आफ्नै कर्यकर्ताले नाक फुटाइदिएका हुन् । तामाङको अवस्था सामान्य रहेको छ । घटनमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घाइते गाउँपालिका अध्यक्षले भने पार्टीकै नेता राजु पाख्रिनको समूहले आक्रमण गरेको बताएका छन् ।
पाख्रिनले आफ्नो भान्जालाई टिकट दिन दबाब दिएको तर नमानेछि आक्रमण भएको उनले बताउ ।
उनले राति ८ बजेतिर गोली समेत चलेको दाबी गरे । तामाङले आफ्नो नाक फुटाइदिने र गोली चलाउनेहरूकोविरूद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने बताएका छन् ।
त्यस्तै, मंगलबार नै धादिङबेसीमै उम्मेदवार सिफारिसको विषयमा निलकण्ठ नगरपालिकामा पनि खुकुरी हानाहान भएको छ ।
जिल्ला सभापति रामनाथ अधिकारी र निलकण्ठका मेयर भिम ढुंगाना पक्षबीच खुकुरी हानाहान भएको हो । घटनामा ३ जना दिपक अधिकारी, धनबहादुर कार्की र नकुल वस्ती घाइते भएका छन ।















प्रतिक्रिया