बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

विभिन्न खेलकुद प्रतियोगिताहरुमा नेपाली सेनाका खेलाडीहरु विजयी

दैनिक नेपाल २०७८ चैत २३ गते ८:३७

काठमाडौ, २३ चैत । नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले विभिन्न स्थानमा सञ्चालन भएका प्रतियोगिताहरूमा जित हासिल गरेका छन् ।

नेपाली सेनाका अनुसार ती खेलाडीहरूले विभिन्न प्रतियोगिताहरुमा सहभागी भई ६ वटा स्वर्ण पदक र ५ वटा कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपाल क्योकुशिन बुदो कराते साकाई ईन्टरनेशनलको आयोजनामा चैत १८ र १९ भएको दोश्रो राष्ट्रव्यापी फुल कन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगितामा स्वर्ण पदक तीन वटा जित्न सफल भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित