१२ कार्तिक २०८३, बिहिबार

एमाले प्रवेश गरेका गाउँपालिका प्रमुख माओवादी ‘कब्जा’मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । नेकपा (एमाले)मा प्रवेश गरेका बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) लाई नेकपा माओवादी केन्द्रले कब्जामा लिएको खुलेको छ ।

माओवादीबाट निर्वाचित डल्लाकोटी सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमालेमा प्रवेश गरेका थिए ।

उनलाई माओवादी (केन्द्र)कै नेताहरुको संलग्नतामा कब्जा गरिएको बताइएको छ । उनी माओवादीमै फर्किएको विज्ञप्ति आए पनि उनलाई माओवादीका धादिङका नेताहरुले कब्जामा लिएर जबरजस्ती विज्ञप्ति निकाल्न लगाएको बताइएको छ ।

उनी हाल सम्पर्कविहीन छन् । सोमबार एमाले प्रवेश गर्ने क्रममा पनि उनलाई माओवादी अध्यक्ष प्रचण्डदेखि नेता सालिकराम जमरकट्टेलसम्मबाट पटक पटक धम्की आइरहेको थियो ।

काठमाडौँबाट फर्के लगत्तै उनलाई माओवादीका नेताहरुले कब्जामा लिएको बताइएको छ । उनको हाल मोबाइल पनि स्वीच अफ रहेको छ । उनी मंगलबार विहान १० बजेसम्म एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीसँग सम्पर्कमा रहेका थिए । तर त्यस यता उनी सम्पर्कविहीन छन् । आज विहान त्रिपाठीसँग कुरा हुँदा एमालेमै रहेर अब कार्य गर्ने बताएका थिए ।