
काठमाडौँ, २२ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र काठमाडौँ २ मा नेकपा एमाले झन् बलियो बन्दै गएको छ ।
नियमित एमालेमा प्रवेश गर्ने क्रममा वडाध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका– ७ का वडाध्यक्ष जीवन थापासहित ५० जना भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
नेपाली कागंग्रेसबाट थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
कांग्रेस, माओवादी र एकीकृतले गठबन्धन गर्ने भएपछि थापाले एमाले रोजेका हुन् ।
त्यस्तै, नेकपा एसका काठमाडौं जिल्ला कमिटी सदस्य एवम् कागेश्वरी मनहरा– ९ का वडा सदस्य डोलनाथ पोखरेलसहित एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई एमाले केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँल र मणिराम फुयाँलले पार्टीमा स्वागत गरेका छन् ।















प्रतिक्रिया