२ कार्तिक २०८३, सोमबार

बच्चा कुट्ने दुई शिक्षकलाई सुनाइयो तीन/तीन वर्ष जेल सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । भारतको एक अदालतले पाँच वर्षीय विद्यार्थी कुट्ने दुई जना शिक्षकलाई तीनरतीन वर्ष कैद सजाय सुनाएको छ।

पानी खान र पटक- पटक शौचालय जान अनुमति मागिरहेको भन्दै ती शिक्षकले पाँच वर्षीय विद्यार्थीमाथि कुटपिट गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। मिर्जापुर अदालतका न्यायाधीश टिए भद्जाले दुई शिक्षकलाई दोषी ठहर्‍याई कैद सजाय सुनाए हो।

अदालतले गत हप्ता ३६ वर्षीया तरुना पर्बतिया र ४७ वर्षीया नज्मा शैखलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो। उनीहरूले धरौटीमा छाड्न माग गरेका थिए। तर अदालतले त्यसलाई खारेज गर्दै कैद सजाय सुनाएको हो।

आफूमाथि दुई शिक्षकले लगातार तीन दिनसम्म कुटपिट गरेपछि ५ वर्षीय बालकले आमालाई त्यसबारे जानकारी गराएका थिए। बालकको खुट्टामा पिट्ने र चिमोट्ने गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए।

खुट्टामा निलडामहरू समेत देखिएको थियो। उपचारको लागि भिएस अस्पताल लगिएको थियो। छोरालाई विद्यालयमा लिन जाँदा बालकमाथि कुटपिट भएको उनले देखेका थिए। तर शिक्षकहरूले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका थिए।

प्रहरीले ती शिक्षकविरूद्ध भारतीय दण्ड संहिताको धारा ३२३, जुभेनाइल जस्टिस एक्ट र बालकहरूको निस्शुल्क र अनिवार्य शैक्षिक अधिकारअन्तर्गत मुद्दा दायर गरेको थियो।- एजेन्सी