१ कार्तिक २०८३, आइतबार

आईपीएल टी–२० मा हैदरावादको लगातार दोस्रो हार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले लगातार दोस्रो हार बेहोरेको छ ।

गएराति भएको खेलमा लखनउ सुपर जायन्टसँग १२ रनले पराजित भएको हो । लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो ।

त्यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो । तीन खेलमध्ये दुईमा जित निकालेको लखनउ चार अङ्कका साथ पाँचौं स्थानमा छ ।

दुई खेलमा अंक जोड्न नसेकोको हैदरावाद पुछारमा छ ।