बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

टी–२० श्रृखंलाको फाइनलमा नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

दैनिक नेपाल २०७८ चैत २१ गते १४:२५

काठमाडौँ, २१ चैत । त्रिकोणात्मक टी–२० श्रृखंलाको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १६९ रनको लक्ष्य दिएको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पीएनजीलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालले दीपेन्द्र सिंह ऐरीको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो ।

ऐरीले ३८ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५४ रन बनाए भने करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए ।

आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५, रोहित पौडेलले २ रन जोडे भने आरिफ शेख र दीलिप नाथले खाता खोल्न सकेनन् ।

प्रतिक्रिया
सम्बन्धित