२ कार्तिक २०८३, सोमबार

रुसी कम्पनी गाजप्रोमद्वारा जर्मनसँगको व्यवसाय छाड्ने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुसको ऊर्जा कम्पनी गाजप्रोमले जर्मनसँगको व्यवसायबाट बाहिरिने घोषणा गरेको छ । मस्कोले रुसी ग्यासको भुक्तानी युरोको सट्टा रुबलमा गर्नुपर्ने विषयमा जोड दिएपछि गाजप्रोम जर्मनसँगको व्यवसायबाट बाहिरिन लागेको हो ।

यो कदमको प्रभाव रुसी ग्यासको आपूर्तिमा कसरी पर्ला भनेर तत्काल कुनै स्पष्ट परिणाम देखिएको छैन । किनकि जर्मन आफ्नो आवश्यकताको ४० प्रतिशत रुसी ग्यासमा निर्भर रहँदै आएको छ ।

कम्पनीले गाजप्रोम जर्मनियासँगको सहभागिता र उसको सबै सम्पत्तिको अन्त्य गरेको छ । यसमा गाजप्रोमको ‘मार्केटिङ एन्ड ट्रेडिङ’ समेत समावेश छ । यसले थप विस्तृत जानकारी भने उपलव्ध गराएको छैन ।

जर्मन अर्थमन्त्रीले गाजप्रोम र रोस्नेफ्टको आफ्नो देशमा रहेको एकाई जफत गर्ने विषयमा विमर्श गरिरहेको बताएको जर्मन आर्थिक पत्रिका हान्डेल्सब्लाटले उल्लेख गरेको छ । ऊर्जा आपूर्तिको सुरक्षा प्रतिको चिन्ताका कारण उसले सम्पत्ति जफत गर्न लागेको हो ।

यस किसिमको कुनै पनि कदम अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको क्रेमलिनले शुक्रबार जनाएको छ । गाजप्रोम जर्मनिया बर्लिनमा रहेको छ भने यसको एकमात्र सेयर होल्डर गाजप्रोम एक्सपोर्ट हो । यो पूर्ण रुपमा गाजप्रोमको सहुलियतमा चलेको छ । –एजेन्सी