बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

उपाधिका लागि भिड्दै नेपाल र पपुवा न्युगिनी

दैनिक नेपाल २०७८ चैत २१ गते १०:४२

काठमाडौँ, २१ चैत । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको उपाधिका लागि नेपाल र पपुवा न्युगिनीबीच आज प्रतिस्पर्धा हुँदै छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज मध्याह्न १२ः३० बजे नेपाल र पपुवा न्युगिनीबीचको खेल हुनेछ। नेपाल समूह चरणका सबै खेल जित्दै फाइनलमा पुगेको हो।

अहिलेसम्म भएका तीन वटा टी-२० प्रतिस्पर्धामध्ये नेपालले दुई र पपुवा न्युगिनीले एक खेल जितेको छ। नेपालले यहि प्रतियोगिताको समूह चरणका दुई खेलमा पपुवा न्युगिनीलाई ३७ र १५ रनले पराजित गरेको हो।

प्रतिक्रिया
सम्बन्धित