
काठमाडौं, २१ चैत । रिसम मितल र स्नेहा ढकालले ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि जितेका छन् ।
स्नेहाले ८ प्रतियोगिलाई पछि पार्दै केटीतर्फ र रिसम १० प्रतियोगीलाई पछि पार्दै पुरुषतर्फको शीर्ष उपाधि चुमेका हुन् । विजेताले ७० हजार रुपैयाँ नगदसहित विभिन्न उपहार प्राप्त गरे ।
‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा शनिबार अबेर लेन्डमार्क रिसेप्सनमा आयोजित प्रतियोगीतामा महिलातर्फ अनुषा कुवँर क्षेत्री फष्ट रनरअप र अनु मानन्धर सेकेन्ड रनरअफ चुँनिदा पुरुषतर्फ ओम जोशी फष्र्ट रनर अप र समर पुरी सेकेन्ड रनरअप विजेता बने ।
साजसज्जासहित भव्य रुपमा निर्माण गरिएको रनवेसहित फेसनमय बातावरमा आयोजित प्रतियोगितामा अभिनेता रमेश उप्रेती, पहिलो मिस युनिभर्स नग्मा श्रेष्ठ, फेसन डिजाइनर मञ्जु ढकाल, टन्सर कसेसी, उपसना श्रेष्ठ, निकिता थापा लगायत निर्णायक रहेका थिए ।
अभिनेता, अभिनेत्री कृष्ण मल्ल, कृष्ण मल्ल विषेश अतिथि र पर्यटन बोर्डका नन्दिनी थापा बिषेश अतिथिको रुपमा सहभागी प्रतियोगीतामा ‘मिसेस टुरिजम २०२२’ को ताज मधु किरणलाई प्रदान गरियो । मधुले दुवईमा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता ‘मिसेस टुरिजम २०२२’मा नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाकी सिइयो दुर्गा बिसुरालले जानकारी दिइन् ।

युवायुवतीलाई उत्कृष्ट प्रशिक्षणसहित भविश्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम रुपमा अगाडि बढाउदै उज्वल भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको आयोजक ‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’मा म्यानेजिङ डाइरेक्टर डा. नविन शाहले जानकारी दिए ।
प्रतियोगितामा फोटो जेनिक अनिल महत, जाग्रिती यादव, मोष्ट पपुलर राजिव चौधरी, प्रिंकला खड्गी, बेष्ट वाक सौर्य तिर्वा, अनुषा कुवँर क्षेत्री, मष्ट फ्रेण्डली आयुष पाण्डे, ग्रिष्मा तामाङ, बेष्टहेयर प्रमिला बिष्ट, मष्ट इष्टाइलिस ओम जोशी र प्रमिला बिष्ट, बेष्ट फिजिक समर पुरी, प्रिंकला खड्गी, मष्ट ट्यालेन्ट जिक्टेन शेर्पा, अनुषा कुवँर क्षेत्री बेष्ट फर्सनालिटी रिसभ मितल, स्नेहा ढकाल, मिस डिसिप्लेन सृष्टि नेमकुल घोषित भएका थिए ।















प्रतिक्रिया