१ कार्तिक २०८३, आइतबार

त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजको उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडां, २१ चैत । त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच आज प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे शुरु हुनेछ । पीएनजी, मलेसिया सम्मिलित सिरिजमा अपराजित रहँदै नेपाल १ खेल अगाडीनै फाइनल पुगेको हो ।

समान ४ खेलमा १–१ खेल जितेका मलेसिया र पीएनजीको २ अंक छ तर नेटरनरेटमा अगाडी रहँदै पीएनजीले नेपालसँगको भेट पक्का गरेको हो ।

सिरिजअन्तर्गत पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको नेपालले दोस्रो खेलमा ३७ रनको जित निकालेको थियो। पीएनजीले भने निर्णायक खेलमा मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।