१३ कार्तिक २०८३, शुक्रबार

सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर पड्केर ३ जना बालबालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर पड्किादा ३ जना बालबालिकाको मृत्यु भएको छ ।

बाह्रबिसे नगरपालिका ८ मानेश्वाँरास्थित ग्यास सिलिण्डर पड्केर आगलागी हुँदा ३ जना बालबालिकाको मृत्यु भएको हो ।

लामा टोलका स्थानीय मिनबहादुर तामांगको घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्केको थियो ।

मृत्यु हुनेमा मिनबहादुर छोराहरु १० वर्षीय इशाक, ६ वर्षीय सरगम र छिमेकीको २ वर्षीया दिव्याको जलेर निधन भएको हो ।

घटनामा घाइते मिनबहादुरलाई उपचारका लागि अस्पताल लगिएको छ ।