१२ कार्तिक २०८३, बिहिबार

डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु ७ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २० चैत । डोटीमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा ७ जनाको घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नं. ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नं. को जीप दुर्घटना भएको हो ।

दुघएटनामा पूर्वी चौकी ३ डोटीका १८ वर्षीय खेम बोहरा र ४५ वर्षीय पुरन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, घाइते भएका ७ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।