१ कार्तिक २०८३, आइतबार

बिजुली मर्मत गर्दा करेन्ट लागेर एकजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २० चैत । दरबारमार्गस्थित एउटा बिजुली पसलमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृतक ४४ वर्षीय सन्तकुमार मिश्र रहेका छन्। उनको आज दिउँसो १ बजे कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बिजुली मर्मत गर्दा मिश्रको मृत्यु भएको बुझिएको छ। करेन्ट लागेलगत्तै प्रहरीले उनलाई अस्पताल पुर्‍याएको थियो।