१२ कार्तिक २०८३, बिहिबार

दिल्ली दूतावासबाट चुच्चे नक्सा किन हटाइयो ?: अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा नेपालको चुच्चे नक्सा हटाइएकोबारे प्रश्न गरेका छन् ।

अध्यक्ष ओलीले दिल्लीस्थित नेपाली दुतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको भन्दै लज्जाजनक कुरा भएको बताए ।

आइतबार काठमाडौँमा नेपाल बुद्धजीवि परिषदको राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उनले भने, ‘नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?’

अध्यक्ष ओलीले प्रधानमन्त्री देउवा यसैका लागि भारत गएका भनि टिप्पणी गरेका छन् । ओलीले भने, ‘यसकै लागि जानुभएको रहेछ ।’

सरकारले राष्ट्रियता तथा राष्ट्रिय अखण्डताविरुद्ध काम गर्दा पनि वुद्धिजीवि हात बाँधेर बसेको ओलीले टिप्पणी गर्दै ओलीले सोधे, ‘अब वुद्धिजीवि हात बाँधेर बस्ने कि चुप लागेर बस्ने कि ?’