
नयाँ दिल्ली, १९ चैत । भारतमा पछिल्लो २४ घन्टामा कोभिडका १ हजार ३३५ नयाँ संक्रमित भेटिएका छन् ।
यससँगै भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३० लाख २५ हजार ७७५ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट २८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २१ हजार १२९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७०४ छ । यो कूल संक्रमितको शून्य दशमलब शून्य ३ प्रतिशत हो ।
त्यस्तै संक्रमणबाट निको हुने दर ९८ दशलब ७५ प्रतिशत छ । दैनिक संक्रमित दर शून्य दशमलब २२ प्रतिशत छ ।















प्रतिक्रिया