२ कार्तिक २०८३, सोमबार

युक्रेनले गर्‍यो रुसको इन्धन भण्डारण केन्द्रमा हमला, आठ वटा ट्याङ्कीमा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

युक्रेनले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा हवाइ हमला गरेको छ। स्थानीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमार्फत युक्रेनले हमला गरेको बताएका हुन्।

यद्यपि यसबारे युक्रेनले हालसम्म पनि जिम्मेवारी लिएको छैन। ग्लाडकोभले लेखेका छन्, युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको र हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो।

हमलाका कारण आठ वटा इन्धन ट्याङ्कीमा आगलागी भएको छ। थप आठ वटा ट्याङ्कीमा आगो सर्न सक्ने खतरा रहेको बताइएको छ। यतिबेला घटनास्थल छेउका स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्दै गरिएको छ। –एजेन्सी