२ कार्तिक २०८३, सोमबार

भारतमा फेरि बढ्यो ग्यासको मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ चैत । भारतमा खाना पकाउने ग्यासको मूल्य बढेको छ । प्रतिसिलिन्डर २५० भारतीय रूपैयाँले ग्यासको मूल्य बढेको हो ।

तर, घरेलु प्रयोजनका सिलिन्डरको मूल्यमा भने कुनै थपघट गरिएको छैन । बढेको मूल्य १९ किलोवाला व्यापारिक सिलिन्डरमा मात्रै लागू हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अब व्यापारिक सिलिन्डर दिल्लीमा २५५३ भारूमा पाइनेछ । भारतमा पछिल्लो १० दिन लगातार बढेको पेट्रोल र डिजेलको मूल्यमा भने थपघट गरिएको छैन ।