८ कार्तिक २०८३, आइतबार

दैलेखको पेट्रोलिय पदार्थ उत्खनन गर्न एमालेकै सरकार आवश्यक छः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, १७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा भएको पेट्रालिम पदार्थको उत्खनन गर्न एमालेकै सरकार आवश्यक रहेको बताएका छन् ।

दैलेखको दुल्लु पगेका अध्यक्ष ओलीले दैलेखमा पेट्रोलियम पदार्थ भएको पुष्टी भइसक्दा पनि वर्तमान सरकारले थप काम गर्न नसकेको बताउँदै सरकारले काम गर्न नचाएको बताए । पेट्रोलियम पदार्थ उत्खनन गर्न फेरि पनि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको उनको भनाइ छ ।

उनले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना कटौती गरेको उल्लेख गरे ।

पार्टी प्रवेश तथा चुनावी सभामा सहभागी हुन जुम्ला र कालिकोट जाने क्रममा दैलेखको दुल्लुमा एमाले दैलेखले आयोजना गरेको भेटघाट कार्यक्रममा पुगेका ओलीले आफ्नो सरकारले ग्रामीण भेगको विकासका लागि २ सय १० वटा बाटाहरू शिलान्यास गरेको भए पनि अहिलेको सरकारको काम गर्ने क्षमता नहुँता कटौती गरेको बताए ।

उनले भने, ‘अहिलेको सरकारले ढंग नभएर, क्षमता नभएर, काम गर्ने सामर्थ्य नभएर कतिपय आयोजनाहरू काटेको छ, चुनाव पछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ ।’

अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छाना मुक्त अभियान ल्याएको बताउँदै दैलेखमा पनि धेरै नागरिकका घर खरका छाना मुक्त भएर जस्तापाता लगाइएका बताए ।