
काठमाडौँ, १७ चैत । त्रिकोणात्मक टी–२० श्रृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २०४ रनको लक्ष्य दिएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहारपछि निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनायो ।
चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्रले ३३ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ६६ रन बनाए ।
यसै खेलबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका आदिल अन्सारीले आक्रमक ब्याटिङ गर्दै ३१ रन बनाए । उनले ११ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे ।















प्रतिक्रिया