
काठमाडौं, १७ चैत। सरकारले नेपाल प्रहरीका नायव महानिरिक्षक (डीआईजी) बसन्त पन्त, धीरजप्रताप सिंह र रविन्द्र धानुकलाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गरेको छ।
विहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा गृह मन्त्रालयले राखेको बढुवा प्रस्तावलाई स्वीकृत गरेको हो। अब नेपाल प्रहरीमा ८ जना एआईजी भएका छन्।
अहिले हरिबहादुर पाल, निरज शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेल र सहकुलबहादुर थापा एआईजी छन्। मन्त्रिपरिषदको निर्णयसँगै पन्त, सिंह र धानुक थपिएका हुन्।















प्रतिक्रिया