
काठमाडौं, १७ चैत । साहित्यकार एवम् गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको ‘मायाको सागर’ एल्बम विमोचनको क्रममा हिमालसँग संसारमा पहिलो पटक सागरको मिलन भएको छ ।
चर्चित भारतीय गायक कुमार साहनु र देविका वन्दनाको आवाजमा ‘तिम्रो मायाको सागरमा’ रहेको गीत, चर्चित संगीतकार सन्तोष श्रेष्ठको रहेको छ एरेन्जर राजु कार्कीको छ ।
दोस्रो नम्बरको गीत ‘आँखामा गाजल लाएर’ सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको छ । सन्तोष श्रेष्ठको संगीत एरेन्जर शुलभ घिमिरेको छ ।
तेस्रो गीत ‘सोचें बाँच्ने आधार’ गायक प्रविन भेटवालको स्वरमा रहेको छ भने संगीत÷एरेन्जर पुष्कर सुनुवारको रहेको छ । एल्बमको अन्तिम गीत भने ‘जब आफ्नाले तुच्छ वचन बोलेपछि’ चिरञ्जीवी भण्डारीको स्वर र संगीत, एरेन्जरमा आशिष लामाको रहेको छ ।
ओएस नेपालको प्रस्तुतिमा रहेको मायाको सागर एल्बमभित्र रहेको गीतहरूले सम्पूर्ण संगीत मन पराउनु हुने स्रोताहरू माझ नयाँ ऊर्जा थपिएको छ ।
















प्रतिक्रिया