२ कार्तिक २०८३, सोमबार

कृष्ण र श्रेयसीको ‘मायालुको सम्झना’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । गायक कृष्णभक्त राई र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना’ गीतको भिडियो हाङ प्रोडक्सनमार्फत सार्वजनिक भएको छ ।

गीतकार सरिता राईको शब्द रचना रहेको पूर्वेली भाकाको मायालुको सम्झना बोलको गीत बजारमा सार्वजनिक भएको हो । पुर्वेली भाकाको मायालुको सम्झना सालैजो भाकामा फ्युजन गरिएको गीतको म्युजिक भिडियो आम दर्शकले रुचाउनेमा आफू निकै आशावादी रहेको निर्देशक हाङ चेम्चोङले बताए ।

लोकप्रिय संगीतकार डीआर अटुको संगीतमा गीत तयार पारिएको छ । ललितपुरको अत्ति मनोरम देउराली डाँडामा दृष्यलाई सुन्दर एवम कलात्मक रुपमा देखाइएको छ । गीतको भिडियोलाई इशाक जबेगुले छायाँङकन तथा सम्पादन गरेका हुन् ।

नेम बाबु तामाङको कोरियोग्राफी, हाङ चेम्जोङको निर्देशनमा रहेको भिडियोमा लोकप्रिय कलाकारहरु उमेश राई, बिमला खजुमको नृत्य एवम अभिनय देख्न सकिन्छ ।