१ कार्तिक २०८३, आइतबार

त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपाल र मलेसिया भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखला अन्तर्गत नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

शृंखलाको तेस्रो खेलमा घरेलु टोली नेपाल र मलेसियाबीच खेल हुन लागेको हो । शृंखला अन्तर्गत आफ्नो पहिलो खेलमा विजयी दुबै टोली आज दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछन् ।

नेपालले पहिलो खेलमा पीएजीलाई १५ रनले हराउँदै विजयी शुरुवात गरेको थियो । उता मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो ।

अंक तालिकामा मलेसिया शीर्ष स्थानमा छ । यसअघि नेपाल र मलेसिया ६ पटक अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी आमने सामने भएका छन् ।

नेपालले ५ पटक जित्दा एक पटक मलेसिया विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल मध्यान्ह साढे १२ बजे शुरू हुने छ ।