२ कार्तिक २०८३, सोमबार

धेरै सवारी साधन एकै ठाउँमा दुर्घटना हुँदा अमेरिकामा तीनको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

वासिङ्टन, १५ चैत । अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार बिहान १०:३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा झण्डै कार, ट्रक, ट्याक्टर लगायतका ६० सवारी साधन परेका थिए । हिउँ आँधीका कारण दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनामा परी अरु २० जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । –रासस