
इस्तानाबुल, १५ चैत । युद्धरत रुस र युक्रेनबीच आज टर्कीको राजधानी इस्तानबुलमा वार्ता हुँदैछ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्ताका लागि आफू तटस्थ रहन तयार भएको बताएको भोलिपल्ट नै रुसले छलफलका लागि तयार रहेको बताएको थियो ।
जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन् । तर त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने अडान उनको छ ।
छलफलका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीस समकक्षी रिसेप तैयप एर्दोगानसँग कुराकानी समेत गरेको बताइएको छ ।
वार्तामा सहभागी हुन रुस र युक्रेनका अधिकारी इस्तानबुल पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याले जनाएका छन् । इस्तानबुलमा हुने कुराकानीलाई महत्वका साथ हेरिएको छ ।
रुस र युक्रेनबीच हालसम्म भएको कैयन चरणको वार्ताबाट ठोस निष्कर्ष निस्कन सकेको छैन ।















प्रतिक्रिया