७ कार्तिक २०८३, शनिबार

तीन वर्षीया बालिकामाथि करणी गरेको अभियोगमा एक युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पाल्पा, १४ चैत । ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका–५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका–६ घर भएका २५ वर्षीय प्रेम पुन मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पुनले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।