
ओस्कर जित्नु चलचित्रकर्मीहरूको सबैभन्दा ठूलो सपना हो। आज प्रतिष्ठित ओस्कर एकेडेमी अवार्ड अन्तर्गत ९४औं संस्करणका विभिन्न विधामा विजेता घोषणा भएको छ। तर त्यही अवार्ड वितरण कार्यक्रममा भने यसपटक एक रमाइलो दृश्य देखिएको छ। त्यो हो हलिउडका चर्चित अभिनेता विल स्मिथले होस्ट क्रिस रकलाई स्टेजमै मुक्का हानेका हानेको दृश्य।
स्मिथले यसपटकको उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। त्यो चर्चाको विषय त छँदैछ, तर योसँगै सामाजिक सञ्जालमा उत्कृष्ट अभिनेता अवार्ड जितेका उनले होस्टलाई मुक्का हानेको भिडिओले पनि त्यत्तिकै चर्चा बटुलिरहेको छ।
अवार्ड वितरण समारोहमा होस्ट क्रिस रकले विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको कपालको विषयलाई लिएर टिप्पणी गरेका थिए। होस्टले आफ्नी श्रीमतीको कपालको विषयलाई लिएर गरेको मजाक स्मिथलाई मन परेन र उनी सरासर स्टेजमा गएर क्रिसको मुखमा कडा मुक्का प्रहार गरे र मुस्कुराउँदै फर्किए। उनी तल गए र क्रिस रकलाई आफ्नी श्रीमतीको नाम कहिल्यै जिब्रोमा नल्याउन चेतावनी दिए।
क्रिसले भने स्मिथको उक्त मुक्कालाई सहज रूपमा लिए र हाँसेर टारे।
वास्तवमा होस्ट क्रिसले जीआई जेनको सम्बन्धमा विल स्मिथकी पत्नी जाडा पिन्केट स्मिथमाथि टिप्पणी गरेका थिए। उनले जाडाको मजाक उडाउँदै उनी जीआई जेन जस्तो देखिने बताएका थिए। कार्यक्रममा सबैका अगाडि श्रीमतीको मजाक उडाएपछि स्मिथले तुरुन्त प्रतिक्रिया जनाएका थिए।
उक्त घटनापछि सामाजिक सञ्जालमा भिडिओ भाइरल भइरहेको छ। –एजेन्सी















प्रतिक्रिया