७ कार्तिक २०८३, शनिबार

मधेशमा एमाले प्रवेशको लहरः माओवादी, कांग्रेस र लोसपा छाडेर भित्रिए पालिका प्रमुख, उपमेयर र वडाध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत। महोत्तरीका विभिन्न स्थानीय तहका मेयर, उपमेयर र वडाध्यक्षहरूले कांग्रेस, माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर एमाले प्रवेश गरेका छन्।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा आयोजित कार्यक्रममा खादा लगाएर उनीहरूलाई एमालेमा स्वागत गरे।

महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुखले माओवादी परित्याग गरी एमाले रोजेका हुन्। जलेश्वर नगरपालिकाकी उपमेयर मनचुनीदेवीले लोसपा परित्याग गरी एमाले रोजिन्। रामगोपालपुर नगरपालिकाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष उमेश महतो, वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ८ का वडाध्यक्ष रामविलास मण्डल एमालेमा प्रवेश गरेका छन्।

लोहारपट्टी नगरपालिका वडा नम्बर ८ का कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामबाबु यादव, लोसपाका महोत्तरी जिल्ला सदस्य विश्वेश्वर महतो, नेकपा एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष राम यादव र रौतहट जिल्ला सदस्य रामविनोद साह एमालेमा आएको बालकोटले जनाएको छ।

पार्टी प्रवेश कार्यक्रममा एमाले नेताहरू प्रभु साह, हिक्मत कार्की, सरोज यादवलगायत सहभागी थिए।