
काठमाडौं, १४ चैत । चलचित्र ‘हेल्लो जिन्दगी’ आगामी शुक्रबार अर्थात् १८ चैचदेखि प्रदर्शनमा ल्याइने भएको छ ।
चलचित्रमा समावेश लोकशैलीको गीत ‘झुम्के बुलाकी’ सार्वजनिक गर्दै निर्माण पक्षले सो जानकारी दिएको हो । उक्त गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।
राजनराज शिवाकोटी र मिलन नेवारको स्वरमा रहेको गीतको शब्द र संगीत पनि राजनराजकै हो ।
बेलायतमा छायाङ्कन भएको गीतको भिडियोमा नायक विक्रम डि जोशी र नवअभिनेत्री विभिया श्रेष्ठका साथै विदेशी कोरस प्रयोग गरिएको छ । बेलायत र नेपालमा छायाङ्कन भएको ‘हेल्लो जिन्दगी’ एभरेष्ट सूर्य बोहराले निर्माण तथा निर्देशन गरेका हुन ।
निर्देशक बोहोराकै लेखन रहेको फिल्ममा विक्रमका साथमा दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, मनोज केसी, कुमुद पन्तलगायतको अभिनय छ ।















प्रतिक्रिया