३० आश्विन २०८३, शुक्रबार

नेपाली जनताबाट चीनप्रतिको सद्भाव र प्रेम प्रदर्शित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको ती दिने भ्रमण सकाएर आइतबार स्वदेश फर्कनुभएको छ ।

स्वदेश फर्कनुअघि आइतबारै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको थियो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।

यसअघि शनिबार नेपाल–चीनबीच ९ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विदेशमन्त्री वाङले निर्माण सकिन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सांकेतिक साँचो नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको थियो ।

चीनको यो उच्चस्तरीय भ्रमण दुवै देशका लागि फलदायी भएको कूटनीतिज्ञहरूको धारणा छ ।

हुन त उच्चस्तरीय भ्रमण दुई देशबीचको सम्बन्धलाई अझै उचाइ दिनका लागि नै हुने गर्दछ, तर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सडक प्रदर्शनसहित राजनीतिक दलहरूबीच लामै रस्साकस्सीपछि संसद्मा पारित भएको पृष्ठभूमिमा भएको यो भ्रमणले एउटा अर्को उचाइ पनि प्राप्त गरेको कूटनीतिज्ञहरूको धारणा छ, आजको नेपाल समाचारपत्रमा सरस्वती कर्माचार्यले समाचार लेखेकी छिन् ।