
काठमाडौँ, १३ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ विदेशीमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
आइतबार बिहान ओली र वाङबीच काठमाडौंको मेरियट होटेलमा भेटवार्ता भएको हो । भेटमा दुईपक्षीय आपसी हितका विविध विषयमा विचार–विमर्श भएको बताइएको छ ।
त्यसक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरू पनि उपस्थित थिए ।















प्रतिक्रिया