बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

हेटौंडा मेयर कप रेपिड चेसको उपाधि फिडेमास्टर क्षितिज भण्डारीलाई

दैनिक नेपाल २०७८ चैत १३ गते ९:५२

हेटौंडा, १३ चैत । फिडेमास्टर क्षितीज भण्डारीले हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिताको उपाधि जितेका छन् ।

नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिबार हेटौंडामा सम्पन्न प्रतियोगिताका सात खेलमा पाँचमा जित तथा दुईमा बराबरी गरेका क्षितिजले ६ अंक बनाउँदै नगद ५० हजार रूपैयाँ समेत प्राप्त गरेका छन् ।

पाँचौं तथा सातौं चरणमा क्रमशः झापाका प्रकाश नेपाल र फिडेमास्टर मनिष हमालसँग बराबरीको नतिजा आत्मसात गरेका क्षितिजले छैटौं चरणमा फिडेमास्टर रूपेश जयसवालमाथि जित हात पारेका थिए ।

झापाका प्रकाश र धनकुटाका सुमन श्रेष्ठलाई टाइब्रेकरमा पछि पार्न सफल भएका क्यान्डिडेट मास्टर कृष्ण थापाले दोश्रो हुँदै २५ हजार नगद हात पारे । समान ५ दशमलब ५ अंक बनाएका प्रकाश तेश्रो र सुमन चौथो स्थानमा रहँदै क्रमशः १५ हजार र १० हजार नगद हात पार्न सफल रहे । फिडेमास्टर मनिष हमाल सात खेलबाट पाँच अंक बनाउँदै पाचौं स्थानमा रहेर १० हजार नगद प्राप्त गरे ।

त्यसैगरी समान पाँच अंक बनाएका फिडेमास्टर रूपेश जयसवाल, झापाका राजन सुवेदी र प्युठानका श्रीकृष्ण श्रेष्ठ क्रमशः छैटौं, सातौं र आठौं हुँदै सात–सात हजार नगद हासिल गरे । समान ४ दशमलब ५ अंक बनाएका झापाका सुश्रुत दाहाल नवौं र दोलखाका आशिष फुयाँल दशौं हुँदै सात–सात हजार नगद प्राप्त गरे ।

समान ४ दशमलब ५ अंक बनाउँदै धनुषाका शुसील चौधरी, तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, चितवनका सन्तोष गौतम, काठमाडौंका पुरुषोत्तम सिलवाल र बाराका निर्मल सापकोटा क्रमशः एघारौंदेखि पन्ध्रौं स्थानमा रही पाँच–पाँच हजार नगद प्राप्त गरे ।

पूर्व राष्ट्रिय महिला च्याम्पियन सिन्दीरा जोशी महिला खेलाडी मध्ये अब्बल हुँदै नगद ५ हजार प्राप्त गरिन् भने रामेछापका बिमल सुवेदी अनरेटेडतर्फ पहिलो हुँदै ५ हजार नगद हात पारे । त्यसैगरी काठमाडौंका विजय टमाटा (१०००–१२९९), रूपन्देहीका चमनगाहा मगर (१३००–१४९९), चितवनका जुनानाथ सापकोटा (१५००–१६९९) र मकवानपुरका बलराम संजेल (१७००–१८९९) रेटिङ क्याटागोरीतर्फ पहिलो हुँदै पाँच–पाँच हजार नग प्राप्त गरेका छन् ।

प्रतियोगितामा विजयी खेलाडीहरूलाई बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका संगठन विभाग प्रमुख दीपेन्द्र दाहाललगायतले पुरस्कार वितरण गरे । हेटौंडा उपमहानगरपालिकाको प्रायोजनमा सम्पन्न दुई दिने प्रतियोगितामा विभिन्न जिल्लाका ३ महिला समेत ५२ जना खेलाडीको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित