मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

नेपाल खेलकुद महासंघ भरतपुर महानगरको अध्यक्षमा योग गुरुङ सर्वसम्मत

दैनिक नेपाल २०७८ चैत १३ गते ९:१७

चितवन, १३ चैत । नेपाल खेलकुद महासंघ भरतपुर महानगरपालिका कमिटीको अध्यक्षमा योगबहादुर गुरुङ निर्वाचित भएका छन् ।

शनिबार भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय महानगर कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । भरतपुर महानगरभित्र रहेका खेलाडी, प्रशिक्षक, रेफ्रि, खेल पदाधिकारी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि एवम् महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनीयताको सपथ गराए ।

अधिवेशनको उद्घाट्न गर्दै प्रदेश १ खेलकुद विकास बोर्डका सदस्यसचिव समेत रहेका बस्नेतले खेलकुदलाई मनोरञ्जन र अतिरिक्त क्रियाकलाप मात्र नसम्झेर मानव जीवनको अनिवार्य क्रियाकलापका रूपमा लिनुपर्ने कुरामा जोड दिए ।

अधिवेशनमा महासंघका संगठन विभाग प्रमुख दीपेन्द्र दाहाल, खेल संघ समन्वय विभाग प्रमुख ओमकृष्ण प्रसाईँ, बागमती प्रदेश इञ्चार्ज धरम बहादुर लामा, प्रचार विभाग प्रमुख उमेश केसी, विदेश विभाग उपप्रमुख कपिल न्यौपाने, स्थायी कमिटी सदस्य विदुर शर्मा, बागमती प्रदेश अध्यक्ष सीताराम कार्की, चितवन जिल्ला इन्चार्ज पुष्प जोशी, भरतपुर महानगर इञ्चार्ज सुरज थपलियालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित