मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

सञ्चारकर्मी दौड प्रतियोगितामा समता टिभीको बर्चस्व

दैनिक नेपाल २०७८ चैत १२ गते १७:४९

भैरहवा, १२ चैत । सिद्धार्थनगर नगरपालिकाले आयोजना गरेको पत्रकार दौड प्रतियोगितामा समता टेलिभिजनका सञ्चारकर्मीहरुले वर्चस्व जमाएका छन् ।

शनिवार देवकोटा चोक देखि ढोलपुर खेलकुद मैदान सम्म भएको दौड प्रतियोगितामा प्रथम, तृतिय र दुई ओटा सान्तवना स्थान हासिल गरि ४ जना सञ्चारकर्मीहरुले दौड प्रतियोगितामा वर्चस्व जमाउन सफल भएका हुन् ।

प्रतियोगितामा समाता टेलिभिजनका सञ्चारकर्मी रमेशजंग बस्नेत प्रथम, प्रमिश पन्थी तृतीय, प्रकाश पाण्डे सान्त्वना र महिला तर्फ एलिना आचार्य सान्त्वना भएका थिए ।

दौड प्रतियोगितामा नेपाल वान मिडियाका पत्रकार कृष्ण प्रसाद ढकालले द्वितीय, न्युज ओकेका पत्रिकाका दिवाकर चौधरी सान्वना भएका थिए ।

दौड प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो । प्रथम हुनेलाई १५ हजार, द्वितीयले १० हजार, तृतीयले ७ हजार र सान्त्वनाले जनही ५ हजार राशीको पुरस्कार रहेको थियो ।

प्रतियोगिता लगतै सिद्धार्थनगर नगरपालिका वडा नं ३ ढोलपुरमा निर्माण भएको खेलकुद मैदानको उद्घाटन भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख हरी प्रसाद अधिकारीले आफु सधै खेलकुद प्रेमी भएकोले खेलकुदको बिकासमा ध्यान दिएको बताए । अधिकारीले सिद्धार्थनगर नगरपालिकामा खेलकुद मैदानको अभाव खट्किएकै कारण डण्डा खोलाले कटान गरेको भुमि संरक्षण गरि अथक प्रयासका बाबजुद खेलकुद मैदान निर्माण गरेको बताए ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख उमा काफ्लले खेलकुदको बिकास गर्नको लागी खेलकुद मैदान निर्माण भएको जानकारी दिइन् । उनले खेल मैदानको स्तरउन्नतीमा नगरपालिकाको ध्यान निरन्तर रहि रहने बताइन् ।

सिद्धार्थनगर नगरपालिका वडा नं ३ अध्यक्ष थानेश्वर पौडेलले खेलकुद मैदानको अभाव नगरपालिकामा भइरहँदा गुमेको जग्गालाई नगरपालिकाले आफ्नो स्वामित्वमा ल्याउन सफल भएको बताउँदै वडाले बिकासमा महत्वपूणर् काम गरेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका बरिष्ठ इन्जिनियर जिवन अर्यालले खेलकुद मैदान ३ बिगाहा १५ कट्ठा क्षेत्रफलमा फैलिएको बताए । “डण्डा खोला डाइभर्सन गरेर मैदानको क्षेत्रफल ६ बिगाहा बनाउने योजना नगरपालिकाको रहेको छ” इन्जिनिर अर्यालले भने ।

प्रतिक्रिया
सम्बन्धित