मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

सन्दीपले बनाए नयाँ कीर्तिमान

दैनिक नेपाल २०७८ चैत १२ गते १५:०१

काठमाडौँ, १२ चैत । नपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नयाँ कीर्तिमान राखेका छन् ।

नेपालका लागि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा लामिछाने ५० विकेट लिने पहिलो खेलाडी बनेका हुन् ।

घरेलु मैदानमा जारी पपुवा न्यूगिनि पीएनजीविरुद्धको खेलको १२.१ ओभरमा काल्र्स अमिनीको विकेट लिँदै ५० सन्दीपले ५० विकेट पुरा गरे ।

यस्तै उनी विश्वको सर्वाधिक छिटो ५० विकेट पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् । सन्दीपले २२ खेलमा ५० विकेट लिएका छन् । यसअघि श्रीलंकाका अजन्था मेन्डीसले १९ खेलमा ५० विकेट पुरा गर्दै पहिलो खेलाडी बनेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित