
काठमाडौं, १२ चैत । गायक किरण भुजेल र अनु चौधरीको स्वरमा रहेको ‘बाँधन मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेम र रोमान्सलाई एकताबद्ध गरेर गीत तयार गरिएको छ । म्याक्टेन कालु को शब्द तथा म्याक्टेन कालु र किरण मिचेलको संगीत गीतमा रहेको छ ।
लक्ष्मण घिमिरेको छायाँकन, पदम सुवेदीको सम्पादन तथा शिव विक को निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ‘बाँधन मायाले’ गीतको भिडियोमा करिष्मा ढकाल र रमेश सेन्चुरीको फिचरिङ रहेको छ ।















प्रतिक्रिया