
-प्रतिक पौडेल
सिद्धार्थनगर, ११ चैत । वि. सं. २०४९ सालमा नेकपा एमाले बाट हरि प्रसाद अधिकारी सिद्धार्थनगर नगरपालिका वडा नं ८ को वडा अध्यक्ष निर्वाचित भए ।
अधिकारी वडा अध्यक्ष हुदाँ वडा नं ८ को भवन थिएन । सेवा प्रवाह गर्न असहज परिस्थिति थियो ।
त्यो बेला सिद्धार्थनगर नगरपालिकाको कुनै पनि वडाको आफ्नै भवन थिएन । वडा कार्यालय भवन नहुँदा जनताले नजिकको सरकार व्यवस्थित कहिले पाएनन् । भवनको अभावमा वडाले दिनुपर्ने सेवाहरु खुम्चिएको थियो । अधिकारीले यो असहज परिस्थितीका बावजुद ५ वर्ष कार्यकाल बिताए । उनले अहिले पनि स्मरण गर्छन ४९ सालमा वडा भवन नहुदा परिस्थिती कती जटिल थियो भनेर ।
२०४९ सालमा अधिकारी सँगै वडा नं ७ का अध्यक्ष भीमसेन कर्मचार्यको अनुभव सुन्दा पनि लाग्छ कस्तो कठिनाइ थियो वडाको आफ्नै भवन नहुदा कति असहज परिस्थिती थियो ।
कर्मचार्य भन्छन् “वन कार्यालयको सानो टुकुरोमा दशकौ हामीले बतायौ, कती असहज भयो हामीलाई मात्र थाहा छ ।“
वि. सं. २०५४ सालमा हरि प्रसाद अधिकारी नेकपा एमालेको नेतृत्व गर्दै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख भए । उनले पार्टीको निती अनुसार सबै वडाहरु संस्थागत रुपमा चल्नुपर्छ भन्ने सोचले वडा भवन बनाउने प्रण लिए । जसअनुसार वडा नं ८ का वडा अध्यक्ष राजेन्द्र प्रसाद पन्थीको नेतृत्वमा सिद्धार्थनगर नगरपालिकाको पहिलो वडा भवन बन्यो ।
वि. सं. २०७४ सालमा वडा नं २, ३, ८, ९, ११ र १२ को मात्र वडा भवन थियो भने वडा नं १, ४, ५, ६, ७, १०, १३ को थिएन । तर अहिले भने नगरपालिकाको सबै वडाको आ–आफ्नै भवन बनेका छन् ।
पन्थीका अनुसार ५४ सालमा वडा नं ८ मा वडा भवन हाम्रो पार्टीको नेतृत्वमा बन्यो र उक्त समयमा म वडा अध्यक्ष र हरी प्रसाद अधिकारी नगर उपप्रमुख रहेका थियौं । पन्थीले उक्त समयमा नगरको कुनै पनि वडाको आफ्नै भवन थिएन हाम्रो पार्टी नेकपा एमालेको नेतृत्व गर्दै हामीले वडा भवन बनायौ ।
पन्थीका अनुसार ५४ सालको नगर सरकारले बनाएको एउटा मात्र भवन वडा नं ८ को भवन हो । पन्थीले २०५४ सालको सरकार पछि कर्मचारीतन्त्र आयो र केही वडा भवन बनेको जानकारी दिए ।

२०७४ सालमा २० बर्ष पछि संघिय संरचना अनुसार देशमा स्थानिय तह गठन पछि स्थानिय तहको निर्वाचन भयो र नेकपा एमाले बाट निर्वाचित भएर आए नेकपा एमालेका नेता हरी प्रसाद अधिकारी । उनका प्रतिद्वन्दी थिए २०५४ सालका नगर प्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर प्रताप राणा ।
२०७४ सालमा जनप्रतिनिधी निर्वाचित भएर आउँदा नगरको १३ मध्ये ६ वटा वडाको मात्र आफ्नै भवन थियो । एउटा २०५४ साल पछि निर्माण भएको थियो भने ५ वटा जनप्रतिनिधी नहुँदा नगरपालिकाले निर्माण गरेको थियो ।
आफ्नो गाउँ आफैँ बनाऔँ’ नारा लिएर जनताको माझ आएको नेकपा एमालेको नितीमै वडा कार्यालय संस्थागत रुपमा चल्न सके मात्र जनताको घरदैलोमा सरकार पुग्ने बुझाइ थियो ।
सोही अनुरुप घोषणापत्रमै सबै वडा कार्यालयको आफ्नै भवन बनाउने प्रण गरेर नगरप्रमुख निर्वाचित भएका हरी प्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेले नगरमा पहिलो प्राथमिकतामा राखेर गरेको कामनै वडा भवन नव निर्माण र स्तरोन्नति रह्यो ।
नगरपालिकामा एउटा आश्चर्य लाग्दो कुरा त वडा नं ६ मा थियो । वडा नं ६ को वडा कार्यालय वडा नं ५ मा थियो र अहिले पनि छ । तर अव भने वडा नं ६ को भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
वि. सं. २०७४ सालमा वडा नं २, ३, ८, ९, ११ र १२ को मात्र वडा भवन थियो भने वडा नं १, ४, ५, ६, ७, १०, १३ को थिएन । तर अहिले भने नगरपालिकाको सबै वडाको आ–आफ्नै भवन बनेका छन् । नगर प्रमुख हरी प्रसाद अधिकारीले बिसं २०४९ सालमा आफुले भोग्नुपरेको कठिनाई अरुले भोग्नु हुदैन भन्ने उद्देश्य राखी नगरपालिकाको सबै वडाको आफ्नै भवन निर्माण गरे ।

५४ सालमा पहिलो वडा भवन बनेको सिद्धार्थनगर नगरपालिकामा स्थापनाको ५४ बर्ष पछि सबै वडामा आफ्नै वडा भवन बन्यो । बिसं २०४९ सालमा वडा कार्यालय विहिन वडा अध्यक्ष पदको अनुभव संगाल्दै २०५४ सालमा आएर नगर उपप्रमुख हुँदै २०७४ सालमा नगरप्रमुख बनेका हरी प्रसाद अधिकारीले नेकपा एमालेको सपना आफ्नो गाउँ आफैँ बनाऔँ अन्तर्गत रहेर ५४ वर्षपछि सिद्धार्थनगर नगरपालिकाको सबै वडामा आ–आफ्नै वडा भवन निर्माण गरे ।












प्रतिक्रिया