२ कार्तिक २०८३, सोमबार

भारतमा फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ चैत । भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ। शुक्रबार भारतीय आयल मार्केटिङ कम्पनीले मूल्य बढाएका हुन्।

दिल्लीमा पेट्रोल र डिजेलको मूल्य ८० पैसा प्रतिलिटर बढाएको छ। भारतमा गत चार दिनमा पेट्रोल र डिजेलको मूल्य २.४० रुपैयाँले बढेको छ।

मूल्य बढेपछि राजधानी दिल्लीमा पेट्रोल ९७.८१ भारु र डिजेल ८९.०१ प्रतिलिटर पुगेको छ। मुम्बईमा पेट्रोल ८४ पैसाले बढेको छ। भारतका प्रत्येक राज्यमा स्थानीय करको दर फरक फरक भएका कारण त्यहाँ पेट्रोलियम पदार्थको मूल्य राज्यअनुसार छुट्टाछुटै हुन्छ।