
काठमाडौं, ११ चैत । युरोपियन च्याम्पियन इटालीले पुनः एक पटक विश्वकप गुमाउने भएको छ ।
बिहीबार राति पालेर्मोमा सम्पन्न युरोपियन छनोटको प्लेअफ सेमिफाइनलमा अप्रत्याशित रुपमा नर्थ म्यासेडोनियासँग १–० ले पराजित भएपछि इटालीको कतार विश्वकप यात्रा टुंगिएको हो ।
इटालीले विपक्षी पोष्टमा ३२ प्रहार गरेको थियो भने नर्थ म्यासेडोनियाले मात्र चार प्रहार गरेको थियो । पाँच मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा एलेक्जान्डर त्राजकोभस्कीले गरेको गोल नर्थ म्यासेडोनियाका लागि निर्णायक बन्यो ।
त्यही गोल इटालीको कतार यात्रामा तगारो बन्यो । भ्रमणकारी नर्थ म्यासेडोनियाले गोलका लागि पाएको त्यही एकमात्र राम्रो अवसर थियो र त्यसलाई सदुपयोग गर्न सफल पनि भयो ।















प्रतिक्रिया