
काठमाडौं, ११ चैत । गायक जीवन कुवँरको स्वरमा रहेको हृदयविदारक गीत ‘माफी’को भिडियो सार्वजनिक भएको छ ।
परिवारको हजारौं सपनाहरु पूरा गर्नका लागि परदेशी भूमिमा तातो घाममा जीवनको समर्पण गरेको नेपाली युवाको पीडालाई गीतमा समेटिएको छ ।
होमनाथ कुवँरको शब्द तथा विनय खत्रीको लय सृजना गीतमा छ । दिनेश पराजुलीको छायाँकन, प्रकाश एसकेको सम्पादन तथा राज केसीको निर्देशन भिडियोमा रहेको छ । ‘माफी’ गीतको भिडियोमा अञ्जली अधिकारी र ओवी रायमाझीको अभिनय देख्न सकिन्छ ।















प्रतिक्रिया