१ कार्तिक २०८३, आइतबार

नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्ण देवकोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १० चैत । नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा कृष्ण देवकोटा निर्वाचित भएका छन् । बिहिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले रुपन्देहीका देवकोटाको अध्यक्षतामा ६१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

बाँकेका चन्द्र प्रसाद श्रेष्ठ तथा प्युठानकी नारायणी जिसी उपाध्यक्षमा निर्वाचित भए । त्यसैगरी दाङका दिनेश आचार्य सचिव चयन भए भने गुल्मीका प्रेम भण्डारी र अर्घाखाँचीका केपी भट्टराई उपसचिवमा निर्वाचित भए ।

त्यसैगरी रुपन्देहीका खेम पाण्डे कोषाध्यक्षमा चयन भए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि एवं महासंघका केन्द«ीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनियताको सपथ गराए ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले खेलाडीहरुलाई मासिक प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिँदै खेल खेलेरै आफ्नो परिवारलाई सुविधायुक्त व्यवस्थापन गर्न सक्छु भन्ने आत्मविश्वास दिलाउन सके मात्र खेलाडी पलायन नहुने अवस्था सिर्जना हुने बताए ।

साथै, नेपालले संसारलाई जित्न सक्ने एकमात्र टुल्स भनेको खेलकुद मात्र भएको जिकीर गर्दै लुम्बिनी प्रदेश खेल पर्यटनको अन्र्तराष्ट्रिय गन्तव्य बन्न सक्ने आधारहरुको अध्ययन शुरु गर्न प्रदेश कमिटीलाई निर्देशन दिए ।

अन्तर्राष्ट्रिय खेलमा पदक ल्याउने खेलाडीहरुलाई प्रोत्साहन गर्दै उनीहरुलाई सामाजिक राजनीतिक रुपमा समेत स्थापीत गर्ने गराउने सवालमा खेलकुद महासंघले नेतृत्व गर्ने बताए ।

कार्यक्रममा महासंघका स्थायी कमिटी सदस्यएवं संगठन विभाग प्रमुख दिपेन्द्र दाहाल तथा स्थायी कमिटी सदस्य लुम्बिनी प्रदेशका ईन्चार्ज भीम ओलीले खेलकुद विकासका सन्दर्भमा धारणा राखेका थिए ।