१३ कार्तिक २०८३, शुक्रबार

लागूऔषधसहित तीन जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १० चैत । प्रहरीले १ ग्राम ५१० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित घोराहीमा तीन जनालाई पक्राउ गरेको छ ।

मंगलबार बेलुका घोराही उपमहानगरपालिका १५ जिल्ला अदालत नजिक रहेको पार्वती नास्ता पसलमा बसिरहेका तीन जनालाई शंकाको आधारमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागूऔषध फेला परेपछि प्रहरीले पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका १५ काठेकोल निवासी २८ वर्षीय विक्रम चौधरी, वडा नं. १७ निवासी २५ वर्षीय सुनिल विक र वडा नं. १४ निवासी २१ वर्षीय सुशील ऐरी पक्राउ परेका हुन् ।